Logo

प्रमुख समाचार

पैसाको चलखेलमा आयात–निर्यात शाखा प्रमुख, व्यापारीको असन्तुष्टि



काठमाडौं । सरकारले विदेशबाट आयात गर्ने सामानको लागि बोलपत्र आव्हान गर्ने मिति नजिकिँदै जाँदा उद्योग वाणिज्य तथा आपूर्ती शाखा मातहत रहेको आयात–निर्यात शाखाका निर्देशक भेष बहादुर कुँवरको चलखेल बढेको छ ।

व्यापारीहरूको सहजीकरणका लागि स्थापना गरिएको यो शाखामा कुँवरको आगमनसँगै व्यापारीहरूले अनावश्यक दुःख बेहोर्नु परेको छ । सीमित व्यापारीको घेराबन्दीमा परेर निर्देशक कुँवरले अन्य व्यापारीलाई दुःःख दिन थालेको विभाग मातहतकै कर्मचारी स्वीकार गर्छन् ।

अर्बौँ रुपैयाँको कारोबार हुने यो शाखामा आफू निकट व्यापारीलाई लाभ दिने उद्देश्यले कुँवरले अन्य व्यापारीलाई दुःख दिन थालेको कर्मचारीको भनाई छ ।
उनले तलदेखि माथिसम्म ‘सेटिङ’ गर्नुपर्छ भनेर व्यापारीसँग पैसा माग्ने गरेको केही व्यापारीले पनि बताएका छन् । ‘तत्काल हुने कामका पनि उहाँ पैसा माग्नु हुन्छ । नियम विपरित पैसा दिन नमिल्ने ठाउँमा नियतबस काम ढिलो गर्ने र माथि हाकिमसँगै मिलाउनु पर्छ भनेर दुःख दिनुहुन्छ,’ एक व्यापारीले भने ।

आर्थिक वर्ष २०७७–७८ का लागि सरकारले स्वीकृत गरेको केराउको कोटाभन्दा बढी केराउ सेटिङमार्फत नेपाल भित्रिएको पनि ती व्यापारी बताउँछन् । ‘यसमा भन्सारका पदाधिकारीको मिलेमतो बिना सम्भव छैन । यहाँ आर्थिक लाभ लिएर राज्यलाई ठूलो नोक्सानी पुर्याउने काम भएको छ,’ उनले भने ।

आर्थिक वर्ष २०७७–७८ मा कोटाभन्दा बढी सामान ल्याउने कम्पनीमा रतन इन्टरनेशनल प्रालि, मस्टा ग्रुप प्रालि, एसडीजी ग्लोबल इम्पोर्ट प्रालि र बालाजी इन्टरप्राइजेज प्रालि रहेको आयात–निर्यात व्यापारमै संलग्न व्यापारीहरू बताउँछन् । ‘यी सबै काम पैसाको प्रलोभनमा भइरहेको छ,’ उनीहरू भन्छन् ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १२:१२   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।