Logo

धर्म / संस्कृति

माघे सङ्क्रान्तिका कारण बजारको चहलपहल



नेपालमा मनाइने विभिन्न पर्वहरू मध्य माघे सङ्क्रान्तिलाई पनि विशेष महत्वका साथ मनाउने चलन छ । अहिले बजारमा माघे सङ्क्रान्तिको किनमेल गर्नेको भीड बाक्लो छ । कोरोना महामारीको तेस्रो लहरको त्रास विना नै मानिसहरू माघे सङ्क्रान्ति मनाउन उत्सुक देखिएका छन् । यसले तीव्र गतिमा कोरोना संक्रमण फैलिने देखिएको छ ।

सरकारले स्मार्ट लकडाउन लागु गरेको भने पनि बजारमा मानिसको चाप अत्याधिक छ । सरकारले लागु गरेको विभिन्न नियमहरूको सोझै उल्ङघन भएको देखिएको छ । यी विविध कारणले गर्दा नेपालले भयावह स्थितिको सामाना गर्न पर्ने देखिएको छ ।

माघे सङ्क्रान्ति कसरी मनाउने ? माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ । माघे संक्रान्तिमा देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा विशेष मेलासमेत लाग्ने गथ्र्याे तर यो वर्ष पनि कोरोनाका कारण भौतिक दूरी कायम गर्नु पर्ने भएकाले मेला महोत्सव भने नहुने बताइएको छ ।

माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नास हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । माघे सङ्क्रान्तिका लागि पाताले तरुलको माग धेरै भोलि शनिवार माघे सङ्क्रान्ति मनाइँदै छ ।

काठमाडौको बजारहरूमा तरुल किन्नेको चहलपहल बढेको छ । काठमाण्डौको दुई ठूला तरकारी बजार कालीमाटी र बल्खुमा तरुलको चाङ नै लागेको छ । यी थोक बजारमा तरुल किन्न हिजो बिहीबारदेखि नै उपभोक्ताको भीड छ । खान मिठो र अन्य तरुल भन्दा सस्तो हुने भएकाले तराइका जिल्लाको तरुलको कारोबार धेरै हुने गरेको व्यापारीहरूले बताएका छन् ।

यसपालि पाताले तरुलको कारोबार बढेकोले माग धेरै भएको छ । महँगो भए पनि स्वादिष्ट हुने भएकाले चितवनको पाताले तरुलको माग बढेको व्यापारीहरूले बताएका छन् । विशेषगरी पाताले तरुल, घर तरुल, वन तरुल, हात्तीपाइले तरुलको माग धेरै रहेको तरकारी तथा फलफूल थोक बजार व्यावसायिक संस्थाले जानकारी दिएको छ । शुक्रबार बजारमा तराईका जिल्लाको तरुल किलोको ६० देखि ७० रुपैयाँ, हात्तीपाइले तरुल किलोको ७० देखि ८० रुपैयाँ, वन तरुल किलोको एक सय ७० देखि एक सय ८० रुपैयाँ, चितवनको पाताले तरुल किलोको एक सय ८० देखि एक सय ९० रुपैयाँ, स्कुसको जरा किलोको एक सय ४० देखि एक सय ५० रुपैयाँ र पिँडालु किलोको ४० देखि ५० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।

धादिङ, दोलखा, गोरखा, झापा, काभ्रे, मकवानपुर, बारा, चितवन, नवलपरासी, मोरङ, सर्लाही, सिन्धुली, पाल्पा, सुनसरीलगायतका जिल्लामा तरुल र पिँडालु उत्पादन हुने गरेको छ । त्यसैगरी हाल बजारमा तरुलसँगै घिउँ, चाकु र सख्खर किन्नेको भीड पनि बढेको छ ।

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  १२ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।