स्थानीय सरकारको कार्यकाल अन्तिम चरणमा आइपुगेको छ । नेपालमा रहेका ७ सय ५३ वटा पालिकाहरू मध्य कतिपय पालिकाहरूले जनतालाई प्रत्यक्ष लाभहुने कामहरू गरेर विकासमा लामो फट्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास भएको छ । तर केही पालिकाहरू भने भौगोलिक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसाबले काम नगरेका कारण विभिन्न समस्याहरू देखाएर यथास्थितिमा छन् ।
पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारबाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिणाम निकाल्ने हेतुले पालिका बहस कार्यक्रम मार्फत विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ । यसै सन्दर्भमा तनहुँ जिल्लाको आबु खैरेनी गाउँपालिकाकाअध्यक्ष गिरबहादुर थापासँग गाउँपालिकामा यो कार्यकालमा भएका कामहरूको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी :
आबु खैरेनी गाउँपालिकामा कोरोना महामारी नियन्त्रण कसरी गर्दौ आउनुभयो ? अझै पनि संक्रमण कायमै छ, अब कसरी नियन्त्रण गर्ने योजनामा हुनुहुन्छ ?
कोरोना नियन्त्रणको लागि हामीले सबैभन्दा पहिला लकडाउन चैत ११ गतेबाट भएको थियो तर हामीले २ गते देखि नै हेल्प डेक्स राखेका थियौँ । हाम्रो आबु खैरेनी गाउँपालिका गण्डकी प्रदेशको प्रवेशद्वार हो । पछि बढ्दै गएपछि हामीले क्वारेन्टाइन, आइसुलेशनको व्यवस्था, एम्बुलेन्सको व्यवस्था र स्वास्थ्य कर्मचारीको व्यवस्था गरियो । पहिलो लकडाउनलाई त्यसरी कटायौँ । दोस्रो लकडाउनमा पनि हामीले तिनवटा एम्बुलेन्सलाई स्टेन्ड वाई राखेर, कर्मचारीको व्यवस्था र औषधीहरूको पनि व्यवस्था गरियो । त्यसैगरी स्वास्थ्य सामग्रीहरूको पनि व्यवस्थापन गरियो । अब पनि हामीले संक्रमण कायमै रहेकोले सतर्कता अपनाउन पर्छ । हामीले सबै गाउँवासीलाई भनिरहेका छौँ । सचेत रहन प्रचारप्रसार गरिरहेका छौँ ।
स्थानीय सरकारको कार्यकाल सकिँदै छ । यो कार्यकालमा पालिकाको विकासलाई कसरी अगाडि बढाउनुभएको छ ?
हामीले विकासको क्रममा आबु खैरेनी गाउँपालिकामा फोहोर मैला व्यवस्थापन केन्द्र खोलेर फोहोर व्यवस्थापन गरियो । त्यो अहिले पनि सञ्चालनमा छ । बत्सला बनाएका छौँ । हाड बजार थिएन । अहिले तयार बनाएका छौँ । गाउँ—गाउँमा सडक पुराएका छौँ । खानेपानी पुराएका छौँ । भौतिक पुर्वाधारमा गाउँपालिको भवन तयार गरिसकेका छौँ । वडा कार्यलयहरू बनाएका छौँ । बिजुली बत्ती पुर्याएका छौँ । शैक्षिक क्षेत्रमा पनि हामीले विकास गरेका छौँ । पालिकाको दुई वटा विद्यालयलाई नमुना विद्यालय बनाएका छौँ । स्वास्थ्यमा पनि हामी सबै वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र बनाएका छौँ । हामीले स्वास्थ्यको कर्मचारीहरू २० जना जति हामीले नै व्यवस्थापन गरेका छौँ । डाक्टर र एम्बुलेन्सको पनि व्यवस्थापन गरेका छौँ ।
पालिकामा रहेका सर्वहारा वर्गलाई कस्तो कार्यक्रम मार्फत समेट्नुभयो ?
लक्षित वर्ग भनेर छुटाएको बजेट हुन्छ । हामीले गर्त वर्ष पनि जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरियो । गरिब, अपाङ्ग लगायतका पहिले संघीयता आउनुभन्दा पहिले संघ सरकारले लक्षित वर्ग भनेर गर्ने कार्यक्रमहरूलाई हामीले समेटेका छौँ । केही दिनमै हामीले जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गर्ने र अपाङ्गहरूलाई पनि आवश्यक्ता अनुसारको सहयोग गर्ने योजना रहेको छ ।
संघीयता लागु गरेपछि गाउँ—गाउँमा भ्रष्टचार मौलाएको भन्ने आएको छ । आँबु खैरेनीमा पनि भ्रष्टचार भएको छ भन्ने आएको छ । यसमा के भन्नुहुन्छ ?
सबैमा भ्रष्टचार भएको छैन्, भन्न मिल्दैन । कुनै कुनै पालिकामा भएको छ, होला । तर हाम्रो आबु खैरेनी नगरपालिकामा त्यस्तो भएको छैन । तपाईँहरू मिडियाले पनि सर्वे गर्न सक्नुहुन्छ । त्यस्तो अनियमितता हाम्रो पालिकामा कत्ति पनि भएको छैन् । त्यसरी अनियमितता गर्ने पालिकाहरूलाई कारवाही गर्न पर्छ ।
संघीयतामा पालिका सरकारको महत्व कति छ ?
हाम्रो देश संघीयतामा गएको ठिक भएको छ । तर संघीयतामा प्रदेश सरकारको भूमिका कम भएको देखिएको छ । जनताको दुःख सुन्ने नजिकको सरकार पालिका हो । आजभोलि हामीले देखेका छौँ, जनताले एउटा धाराको टुटी बिग्रिदा पनि स्थानीय सरकारलाई भनेको हुन्छ । यसरी जनताको साना ठूला हरेक समस्यामा समाधान गर्ने स्थानीय सरकार हो । कुनै पनि योजनाहरू प्रदेशमा, केन्द्रमा पुगेर जनताले माग गर्न सक्दैन । पालिका सरकारलाई सहजै भन्न सक्छ । त्यसो हुनाले यो संघीयतामा स्थानीय तहलाई बलियो बनाउन जरुरी छ । यसो गरेका जनताले सेवा र सुविधा राम्रोसँग पाउँछन् ।
आबु खैरेनी गाउँपालिकाका जनप्रतिनिधि र जनताबीचको सम्बन्ध कस्तो छ ?
मलाई लाग्छ हाम्रो सम्बन्ध राम्रो छ । हाम्रो पालिकाको र सबै वडाहरूको सार्वजनिक सुनुवाई सकिएको छ । त्यसो हुनाले अहिलेसम्म हाम्रो त्यस्तो खासै धेरै गुनासोहरू आएको छैन् । हामीले सबै योजनाहरू जनताको माग र आवश्यक्तालाई प्रथामिक्ता दिएर बनाएका छौँ । त्यसो हुनाले पनि हाम्रो सम्बन्ध सुमधुर छ ।
यो कार्यकालमा प्रदेश सरकार र संघ सरकारबाट कस्तो साथ—सहयोग पाउनुभयो ?
हामीले प्रदेश सरकारबाट माग गरेको योजनाहरू पाएनौँ । संघीय सरकारबाट पनि नियम अनुसार पाउने भन्दा अन्य योजनाहरू परेको छैन् । संसदकोसको रकम पनि सांसदहरूले आ—आफ्नो क्षेत्रमा वितरण गरेको पाइएको छ । त्यसकारण हाम्रो पालिकाको सम्बन्ध प्रदेश सरकार र संघ सरकारसँग मध्यम स्तरको छ ।
यो कार्यकालबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । हामीले जनतासँग गरेको प्रतिवद्धता भन्दा धेरै काम गरेका छौँ । धेरै कामहरूको जग बसालेका छौँ । हाम्रो कामबाट जनता पनि खुसी हुनुहुन्छ ।
आबु खैरेनी नगरपालिकामा अब आउने नयाँ जनप्रतिनिधिहरूलाई कसरी विकास गर्न सल्लाह दिनुहुन्छ ?
हामीले सुरूवात गरेको भौतिक पुर्वाधारहरू पुरा गर्न, सडकहरू कालोपत्रे गर्न बाँकी छन् त्यो पुरा गर्न म नयाँ आउने जनप्रतिनिधिलाई आग्रह गर्छु । नयाँ—नयाँ प्रविधिहरू भित्र्याउन परेयो । रंगसाला बनाउन सुरु गरिएको छ । त्यो पुरा गर्न पर्यो । डाँडातिर भएका विद्यालयहरूमा होस्टेलको व्यवस्था गर्न पर्यो । लगायतका धेरै कामहरू छन् । समृद्ध गाउँपालिका बनाउन अगाडि बढ्न सुझाव दिन्छु ।
आबु खैरेनीको जनताले पनि धेरै साथ दिनुभएको छ । उहाँहरूलाई पनि कृतज्ञता ज्ञापन गर्न चाहान्छु ।
प्रतिक्रिया