नेपाल ल्युब ओइल लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । समितिको बैठक आज मंगलबार बसेको हो ।
कम्पनीले कार्तिक ५ गते बुधबार जुम प्रविधि मार्फत सभा आह्वान गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।
सभामा आर्थिक वर्ष ७६–७७ को वित्तीय विवरण पारित गर्ने, लेखा परीक्षक प्रतिवेदन र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश गर्ने छ ।
त्यस्तै सभामा कम्पनीको चुक्ता पुँजी ३ करोडबाट ५ करोड पुर्याउने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २२ देखि कार्तिक ५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।




















प्रतिक्रिया