Logo

समाचार

खोलामा डुबेर २ जनाको मृत्यु



रौतहट, चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बाग्मती खोलामा डुबेर पर्सा बीरगंज महानगरपालिका-१० रानिघाट बस्ने भारत घर भएका अमन मल्लिकको शनिबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको चपुर प्रालि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै पाँचथरको तुम्वेवा गाउँपालिका-१ रातमाटेस्थित तमोर खोलामा मकर नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने २९ वर्षीय ईन्द्र बहादुर बुढाथोकीको शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १२:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।