Logo

अर्थ

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ३५ पैसा र बिक्री दर ११८ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५रुपैयाँ ११ पैसा र बिक्री दर १३५ रुपैयाँ ७९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ८४ पैसा र बिक्री दर १६२ रुपैयाँ ६६ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४८ पैसा र बिक्री दर १३० रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २९ पैसा र बिक्री दर ८५ रुपैयाँ ७३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ २७  पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ७४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ५४ पैसा र बिक्री दर ३१ रुपैयाँ ७० पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ३१ पैसा र बिक्री दर ३२ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ११ : ४६ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।