Logo

प्रमुख समाचार

स्थानीय तहको निर्वाचन सुरू गर्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण



स्थानीय तहको निर्वाचन तत्काल सुरू गर्न सरकार र निर्वाचन आयोगलाई गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
तिनवटै संघ÷महासंघले नेपालको संविधान बमोजिम पुर्नसंरचना स्थानीय तहको कार्यकाल समाप्त हुन लाग्दा छिटै निर्वाचन गराउन ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय तहमा संविधानले नै जनप्रतिनिधिको म्याद थप्न नमिल्ने हुनाले जनप्रतिनिधि विनाको स्थानीय तह कल्पना गर्न नसकीने पत्रमा उल्लेख छ । संविधान र विधान कानुन अनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गरिसक्नु पर्ने हुनाले सरकारले तत्काल मिति घोषणा गर्न ध्यानाकर्षण गरिएको छ ।

संविधानको कार्यन्वयन र संघीयताको संस्थागत विकासका लागि तोकिएको समयमै निर्वाचन गर्नुको विकल्प नरहेको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  १२ : २९ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।