Logo

समाचार

सवारी दुर्घटना हुदाँ ३ जनाको मृत्यु



सुर्खेत, वीरेन्द्रनगर नगरपालिका९१ स्थित सडकमा क.प्र.०२९००१ प ८९५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका २ बस्ने ६० वर्षीया नन्दाकली कडेलको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको माया नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सर्लाहीको गोडैता नगरपालिका ४ रोहुवास्थित सडकमा ऊखु लोड गरी महालक्ष्मी सुगर प्रालि बग्दह चिनी मिलतर्फ जादै गरेको ना.७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टर चालक सोही नगरपालिका ५ बस्ने रौतहट बृन्दावन नगरपालिका ७ धमौरा घर भएका १८ वर्षीय आसिर मंसुरको आइतबार राति मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल मंलगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी, कैलालीको, लम्कीचुहा नगरपालिका ४ लियास्थित सडकमा से.६ प ८७८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका९४ मेलडाड बस्ने ५५ वर्षीया मनसरा न्यौपानेको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लम्कीचुहा अस्पताल भल्का हुँदै मेडिकल कलेज कोहलपुर नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १३:१३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।