Logo

समाचार

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ



तारकेश्वर नगरपालिका-८ शेषमती लामबगर बस्ने काठमाडौं नौकुण्ड घर भएका ३८ वर्षीय मान बहादुर बुलुनको टहरामा तास खलिरहेको अवस्थामा मान बहादुर सहित ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  १ : २१ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।