Logo

समाचार

कुटपिट गरी हत्या गरेको आराेपमा १ जना पक्राउ



काठमाण्डाै‌ । माप्य दुधकोशी गाउँपालिका-१ बुम्रे का ५२ बर्षीय दानु शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

वाङदीले आइतबार राति दाउराले टाउकोमा प्रहार गरी दानुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले वाङदीलाई पक्राउ गरेको जनाएकाे छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १३:३६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।