Logo

स्वास्थ्य

लमजुङ अस्पतालमा ज्वराे क्लिनिक सञ्चालन



लमजुङ , लमजुङ जिल्ला अस्पतालमा पुन: ज्वराे (फिभर) क्लिनिक सञ्चालन गरिएको छ । भर्ना भएका बिरामीमा काेभिड-१९ काे संक्रमणको सम्भावित जोखिम रहेकाले जाँचका लागि क्लिनिक सञ्चालन गरिएको हो । ज्वराे क्लिनिकबाट परीक्षण गरेर थप उपचार हुने गरेकाे अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

फिभर क्लिनिकसँगै अस्पतालमा कोभिड संक्रमितका लागि होल्डिङ सेन्टर र कोभिड वार्डको व्यवस्थापन गरिएको छ । आइसाेलेसन कक्षसँगै कोभिड संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको श्रेष्ठले बताए ।जिल्लामा हाल ६७ जना संक्रिय संक्रमित छन् ।

जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेसनमा छन् । सोमबार एकैदिन ३५ जना संक्रमित थपिएका थिए । 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार ०९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।