Logo

खेलकुद

पिएम कप टी-२०: आज राष्ट्रिय क्रिकेटका दुबै सेमिफाइनल



पिएम कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज फाइनल प्रवेश भिडन्त हुने भएकाे छ।

टियू मैदान कीर्तिपुरमा आज मुह चरणमा विजेता र उपविजेता बन्दै अन्तिम चारमा पुगेका चार टीम बिच प्रतिस्पर्धा हुदैँ छ।

पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्दा अर्को खेलमा एपिएफ र आर्मीबिच भिडन्त हुने भएकाे छ।

पुलिस समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती समूह बी को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको थियाे। समूहचरणमा पुलिस अपराजित भएकाले आत्माविश्वासका साथ मैदानमा हुने छ। बागमतीले चार मध्ये तीन खेलमा जित हात पारेको थियो । बागमतीलाई भने आफ्नो फर्मको चिन्ता कायमै रहेकाे छ।

आज हुने दोस्रो सेमिफाइनलमा उपाधि दाबेदार एपीएफले त्रिभुवन आर्मीको सामना गर्ने छ। एपीएफ समूह बी को विजेताका रुपमा अन्तिम चारमा पुग्दा आर्मीले भने समुह ए को उपविजेता बनेर सेमिफाइनल पुगेको हाे। प्रतियोगितामा एपिएफ पनि अपराजित टीमका रुपमा रहँदा आर्मीले चार मध्ये दुई खेलमा जित एक खेलमा हार र अर्को एक खेलमा बराबर अंक बाँडेको थियो।

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  ११ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।