Logo

खेलकुद

अष्ट्रेलियाका खेलाडी म्याक्सवेलद्वारा बीबीएलमा उत्कृष्ट प्रदर्शन, सन्दीप विकेटविहीन



काठमाण्डौ । अष्ट्रेलियाका खेलाडी ग्लेन म्याक्सवेलले बीग बास लिग बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । होबार्ट ह्युरीकेन्ससँगको खेलमा मेलबर्न स्टार्सका म्याक्सवेलले सर्वाधिक एक सय ५४ रनको अविजित पारी खेलेका हुन् ।

मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७३ रन बनायो । यो खेलमा ग्लेन म्याक्सवेल ६४ बलमा २२ चौका र ४ छक्कासहित एक सय ५४ रनमा अविजित रहे । यो बीग बास लिग इतिहासमा एक खेलाडीले एक खेलमा बनाएको सर्वाधिक रन हो । त्यस्तै लिगमा योगफल पनि इतिहासकै सर्वाधिक धेरै हो ।

नेपालका खेलाडी सन्दीप लामिछानेले आजको खेलमा ४ ओभरमा ५२ रन खर्चिए । ग्लेन म्याक्सवेलले उनको चौथो ओभरमा लगातार पाँच चौका हिर्काएका थिए । लामिछानेले आजको खेलमा कुनै पनि विकेट लिन सकेनन् । आजको खेल मेलबर्न स्टार्सले १ सय ६ रनको फराकिलो अन्तरले जितेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार २०:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।