Logo

स्वास्थ्य

चिकित्सकमा कोरोना पुष्टि भएसँगै नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताल बन्द



नवलपरासी । चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको सेवा बन्द भएको छ । अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका सेवा बन्द गरिएको मध्यबिन्दु जिल्ला अस्पतालले बताएको छ ।

अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै माघ ६ गतेदेखि माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसुति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशाला बाहेक सबै सेवा बन्द गरिएको हो ।

जिल्ला अस्पतालमा रहेको पीसीआर ल्याबका कर्मचारीमा कोभिड देखिएपछि गएको आइतवारदेखि रोकिएको परिक्षण अझै सुरु हुन सकेको छैन् । बिहीवार प्रदेशले दुई जना कर्मचारी पठाउने जानकारी गराएको बताइएको छ ।

जिल्ला अस्पतालका सेवा बन्द हुने भएपछि सेवाग्राहीहरूलाई समस्या हुने भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार २०:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।