नवलपरासी । चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको सेवा बन्द भएको छ । अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका सेवा बन्द गरिएको मध्यबिन्दु जिल्ला अस्पतालले बताएको छ ।
अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै माघ ६ गतेदेखि माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसुति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशाला बाहेक सबै सेवा बन्द गरिएको हो ।
जिल्ला अस्पतालमा रहेको पीसीआर ल्याबका कर्मचारीमा कोभिड देखिएपछि गएको आइतवारदेखि रोकिएको परिक्षण अझै सुरु हुन सकेको छैन् । बिहीवार प्रदेशले दुई जना कर्मचारी पठाउने जानकारी गराएको बताइएको छ ।
जिल्ला अस्पतालका सेवा बन्द हुने भएपछि सेवाग्राहीहरूलाई समस्या हुने भएको छ ।




















प्रतिक्रिया