Logo

स्वास्थ्य

आवश्यक औषधि उपकरण पर्याप्त छ: स्वास्थ्य मन्त्रालय



काठमाडौं । सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताएको हो ।

हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको बताइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल रहेको पनि जानकारी दिएको छ ।

यसका साथै स्वास्थ्य सेवा विभागले पनि सिटामोललगायत अन्य अत्यावश्यक औषधिको पनि खरिद प्रक्रिया अगाडि बढाइसकेको मन्त्रालयले जानकारी दिएको छ । ठूला अस्पताल र प्रादेशिक अस्पताललाई पनि अत्याश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार २१:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।