Logo

स्वास्थ्य

२४ घण्टामा काठमाडौँमा थपिए १ हजार ९६६ संक्रमित



काठमाडौँ  उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा गरी कुल १ हजार ९६६ जनामा संक्रमण पुुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १७:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।