काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा गरी कुल १ हजार ९६६ जनामा संक्रमण पुुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।




















प्रतिक्रिया