Logo

अर्थ

सुनको मूल्यमा भारी वृद्धि, कतिमा कारोबार हुँदैछ त ?



काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा बृद्धि भएको छ ।

हिजो तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुनको भाउ पनि तोलामा १ हजारले नै बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको छ।

यस्तै आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार ११:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।