काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेकोले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँको मौसम यतिबेला धुम्मिएको छ ।
देशका धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो कुहिरो तथा हुस्सु लागेको छ ।
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान भने काठमाडौँको एयरपोर्ट तथा त्यस आसपास केहि क्षेत्रमा फाट्टफुट्ट मात्रै पानी परेको छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन ।
मौसमविद्का अनुसार आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको छ । यस्तै, दिउँसोको समयमा भने घाम देखिए पनि पारिलो घाम नलाग्ने मौसमविद्को भनाई छ ।
यस्तै, आज राति पनि प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।





















प्रतिक्रिया