काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
विद्यार्थीहरुले भने प्रहरीमाथि नै ढुंगा प्रहार गरेका छन । विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन।
बुधबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ।
नयाँ मूल्यअनुसार अब पेट्रोल लिटरको १ सय ३९, डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।
आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।





















प्रतिक्रिया