काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आन्तरिक कलह सतहमा आउने भएको छ । कम्पनीका केही सञ्चालकहरुले पुराना र अनुभवी कर्मचारीहरुलाई पाखा लगाउने गरी नयाँ व्यक्तिलाई कम्पनीको सम्पूर्ण अधिकार सुम्पने गरी काम कारबाही जिम्मा लगाएपछि आन्तरिक असन्तुष्टि व्यापक बढेको छ । नेपाल लाइफ इन्स्यारेन्समा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा निकै ठूलो लफडा छ ।
कम्पनी श्रोतका अनुसार व्यवस्थापनमा सञ्चालकको ठाडो हस्तक्षेप पछि नेपाल लाइफमा संकट बढ्ने अवस्थामा छ । कम्पनीले कम्पनीले गत फेब्रुअरी २०२१ मा प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्तोष प्रसाईलाई नियुक्त गरेको थियो । प्रसाइ कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत थिए । तत्कालिन सीईओ विवेक झा कार्यकाल सकेर बाहिरिएपछि प्रमुख कार्यकारी पद रिक्त थियो । प्रसाईसँग नियामक निकाय बीमा समितिमा काम गरेको अनुभव समेत थियो । तर उनलाई एक वर्ष पनि कम्पनीम टिक्न मुश्किल पर्यो । कम्पनीमा व्यवस्थापनको चर्को बदाव पछि प्रसाई राजीनामा दिन बाध्य भए ।
चार वर्षका नियुक्त भए पनि उनले कम्पनीमा सीईओको रुपमा ८ महिनामात्रै काम गर्न पाए । कम्पनीले अहिले बीमा क्षेत्रमा लामो अनुभव समेत नभएका व्यक्तिलाई चोरबाटो बाट ल्याएर सीईओको जिम्बेवारी दिएको छ । मर्चेन्ट बैंकमा काम गर्ने प्रविण रमण पराजुली केही समय भर्खरै खुलेको रिलायन्स लाइफ इन्स्यारेन्समा कार्यरत थिए । अहिले उनलाई बाहिर वरिष्ठ डेपुटी सीईओको पद भनेर सीईओको काम गर्ने गरी जिम्बेवारी दिइएको छ ।
निकै लामो समयदेखि कम्पनीको सेवामा रहेका वरिष्ठ कर्मचारीहरु रहे पनि केही सञ्चालकहरुको दवावका कारण पराजुलीलाई वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरिएको हो । सिधै सीईओमा नियुक्त गर्न सञ्चालक समितिले चाहेको थियो । तर बिमा समितिको निर्देशनले पुराजुली सिधै सीईओ नियुत्तः हुन योग्य थिएनन् । नियामक बीमा समितिको निर्देशिका अनुसार पराजुली ६ महिनासम्म अर्को बीमा कम्पनीमा सीईओ बन्न पाउने थिएनन् । तर, सीइओ बन्न नपाएपनि पराजुली वरिष्ठ डेपुटी सीईओ बनेर नेपाल लाइफ भित्रिएका हुन् ।
बीमा समितिद्वारा जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागू हुने व्यवस्था छ । एउटा कम्पनीबाट राजीनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सीईओ बन्न नपाउने व्यवस्था छ । यसकारण ६ महिना सिनियर डेपुटी सीईओको रुपमा नियुक्त दिने र त्यसपछि सीईओको रुपमा नियुत्तिः दिने सञ्चालक समितिको तयारी छ ।

कर्मचारीहरुमा व्यापक असन्तुष्टि
अहिले कम्पनीको सञ्चालक समितिको अध्यक्षमा गोबिन्दलाल संघई रहेका छन् । सञ्चालकहरुमा कमलेस अगूवाल, रामअवतार अग्रवाल, विवेक अग्रवाल, बिमल प्रसाद ढकाल, परुल ढकाल र पूर्ब बैंकर कृष्णराज लामिछाने सञ्चालक छन् । सञ्चालक समिति श्रोतका अनुसार कम्पनीमा अग्रवालहरुको बोलवाला चल्छ । अहिले पराजुलीलाई नियुक्त गर्ने विषयमा पनि केही सञ्चालकहरुको जोडबलले गरिएको थियो ।
अहिले पराजुलीलाई सिनियर डेपुटी सीईओ भनिए पनि उनले सीईओकै रुपमा काम गर्ने गरेको कम्पनीकै कर्मचारीहरु बताउँछन् । अहिले कम्पनीको अर्का डेपुटी सीईओमा शुसिल कुमार चौधरी छन् । प्रसाईले सीईओ पदबाट राजीनामा दिएपछि उनै चौधरीलाई कार्यबाहक सीईओको जिम्बेवारी दिइएको थियो । चौधरी बीमा क्षेत्रमा लामो अनुभनव भएक पुराना कर्मचारी हुन् । तर उनी अहिले नाममात्रैको कार्यबाहक सीईओ रहेको त्यहाँका एक कर्मचारीले नाम नलेख्ने शर्तमा बताए ।
ती कर्मचारीका अनुसार उमापति पोखरेल, दिगविजय शिंघाल लगायतका पुराना कर्मचारीहरुलाई समेत पाखा लगाएर पराजुलीलाई सर्वैसर्व बनाइएको छ । कम्पनी सचिवको जिम्बेवारी पाएका विनोद भुजेल पनि संस्थामा हईकम जमाउने गरेका छन् । तल्लो तहका कर्मचारीहरुलाई हप्कीदप्की गर्नेसम्मका हर्कत गर्ने गरेको ती कर्मचारीको गुनासो छ ।
भुजेल पनि कम्पनीका नयाँ कर्मचारी हुन् । अर्कै कम्पनीबाट आएका नयाँ कर्मचारीहरुको बोलवाला चल्दा पुराना कर्मचारीहरु भने निराश छन् । पुराना कर्मचारीहरुलाई पाखा लगाउन थालिएपछि कम्पनीमा असन्तुष्टि निकै माथि पुगिसकेको छ । ‘हामीले धेरै सहिरहेका छौँ, कहिलेसम्म सहने भन्ने कुरा हो’ ती कर्मचारी भन्छन् । ‘अति नै भए मुख खोल्छौं, यहाँ भएका बद्मासीहरु पनि उदांगिनेछन ।’




















प्रतिक्रिया