Logo

प्रमुख समाचार

प्रचण्ड पत्नी सीता आईसीयूमा, कोरोना संक्रमण पनि



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ ।

पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनमा निमोनियासमेत देखिएको छ । ‘अहिले स्वास्थ्य स्थिर छ,’ पारिवारिक स्रोतले भन्यो ।

सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी -पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन् ।

फेसबुकमा लेखिएको स्टाटस :

हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा आदरणीय अध्यक्ष कमरेड प्रचण्डको जीवनसाथी, हाम्रा आदरणीय आमा सीता दाहालको स्वास्थ्य प्रतिकुलताका कारण विगत तीन दिन देखि अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। उहाँको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको छ। उहाँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। -अध्यक्ष कमरेडको सचिवालय

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १२:३०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।