विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियमविपरीत सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको पहलमा हटाइएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विराटनगर-१६ को दरैयास्थित नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको थियो । भातीय एसएसबीले दशगजामा सुरक्षा पोष्ट खडा गरेपछि सीमा क्षेत्रमै पुगेर निरीक्षण गरेका मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको पहलमा उक्त पोष्ट हटाउन लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी दाहालले भारतको अररिया जिल्लाका डिस्ट्रिक मेजेस्ट्रेडसँग टेलिफोन वार्ता गरी एसएसबीको सुरक्षा पोष्ट हटाउन आग्रह गरेका थिए ।





















प्रतिक्रिया