Logo

समाचार

कोरोनाको संक्रमणदर बढेसँगै लमजुङ प्रशासनमा आलोपालो सेवा 



लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ । जिल्लामा संक्रमणदर बढेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो ।  

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।  

सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् । यस्तै मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीशहर नगरपालिकाका नागरिकलाई सेवा लिन पाउनेछन् । 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ०८:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।