Logo

समाचार

भारत लैजान लागिएकी एक बालिकाको उद्धार



काठमाण्डाैँ । बैतडीकी एक बालिकालाई भारत लैजान लागेकाे अवस्थामा पर्सामा फेला पारिएकाे छ । उनी माघ ७ गतेदेखि बेपत्ता भएकी थिईन् । बालिकालाई वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटमा फेला पारेका प्रहरीले जनाएकाे छ ।

अर्घाखाँची सन्धिखर्क ७ घर भई हाल भरतपुर उपमहानगरपालिका १ बस्ने २८ वर्षीय राजु अधिकारीले बालिकालाई भारत लैजान खोजेका थिए । बालिकालाई भारत लैजाने क्रममा माइती नेपालको समन्वयमा बालिकालाई उद्धार गरी र राजुलाई पक्राउ गरेकाे पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन्

अधिकारी र बालिका एक महिनाअघिदेखि फोन सम्पर्कमा रहेकाे अनुसन्धानमा खुलेकाे छ । उनीहरुले फोनबाटै चिनजान गरी बालिकालाई उनले भेट्न बोलाएका थिए।

राजुले बालिकालाई अर्घाखाँची लगेर बिहे गर्छु भनी वीरगञ्ज बसपार्कसम्म ल्याएको प्रहरीले जनाएकाे छ । इनर्वा नाका हुँदै बालिकालाई भारत लैजान खोजेको देखिएकाे छ।

बालिका अहिले माइती नेपालको साथमा रहेकी छिन्। राजुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ०९:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।