Logo

स्वास्थ्य

मकवानपुरमा काेराेनाका एक हजार तीन सय ४५ सक्रिय संक्रमित 



मकवानपुर । मकवानपुरमा बुधबारसम्म काेराेनाका एक हजार तीन सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

कार्यालयका अनुसार दुई सय ७८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण एक सय ७० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । 

मकवानपुरमा हिजो मंगलबार एक सय ४६ जनामा कोरोना पुष्टि हुँदा द्ई सय ३६ जना संक्रमणमुक्त भएका थिए । 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।