काठमाडौँ । घर भित्र निसास्सिएर २ जनाकाे मृत्यु भएकाे छ ।
काठमाडौँको शंखरापुर नगरपालिका-३ बोझेनीमा गए राति आफ्नै घरभित्र आगो बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो ।
घरमै कोइला बालेर सुतेका उनीहरु बिहान उठेर हेर्दा मृत अवस्थामा रहेकाे साँखु प्रहरी चौकीले जानकारी दिएको छ ।
बिहान मृतकका छोराले प्रहरीलाई खबर गरेपछि हाल घटनास्थल पुगेको टोलीले थप अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ ।





















प्रतिक्रिया