Logo

समाचार

लागूऔषधसहित दुई जना पक्राउ



सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । 

मलंगवा-नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका-८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशाेक लामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीका अनुसार एचआर २६बिपि १८७६ नम्बरकाे कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् । डाइलेक्स डिसी १०० एम एल ११ बाेटल, नाेफिन फेनेरागन ११ एम्पुल र हाई-टिच ईन्जेक्सन ३ पिस बरामद भएकाे हाे । 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १०:०५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।