Logo

प्रमुख समाचार

गणपति वनस्पति प्रा.लिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान



गणपति वनस्पति प्राइभेट लिमिटेड काठमाडौंले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्य गरिएको बताएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेश राज जोशी लगायतको उपस्थितिमा ट्राफिक प्रहरीहरूलाई चेक जाँच गर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा आज एक कार्यक्रमकोबीच हस्तानन्तरण गरिएको छ ।

कार्यक्रममा कम्पनीका संचालक अनन्ता मोर,राजिव मोर र कम्पनीका बजार प्रबन्धक विनोद श्रेष्ठको उपस्थिति थियो । कार्यक्रममा कम्पनीले ट्राफिक प्रहरीलाई बैरीगेट उपल्ब्ध गरेकोमा महाशाखा प्रमुख उमेश राज जोशीले कम्पनीलाई धन्यवाद दिएका छन् । यसरी संघसंस्थाहरूको साथ र सहयोगमा ट्राफिक प्रहरीलाई काम गर्न सहज हुने पनि जोशीले बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १४:४७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।