काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई योग्यता नपुगेको व्यक्तिलाई सहायक महाप्रवन्धक नियुक्त गरेको भन्दै बिमा समितिले कारबाही गरेको विषय छरपस्ट भएको छ । यो सँगै बिमा समितिले नेपाल लाइफलाई संस्थागत सुशासन सम्बन्धी अर्को कारबाही समेत गरेको पाइएको छ ।
बिमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफले काम गरेको पाइएपछि समितिले कारबाही गरेको हो ।
समितिले नेपाल लाइफलाई आर्थिक जरिवाना नै गरेको छ । ‘नेपाल लाइफका का विभिन्न १४ वटा समिति÷उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति-उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कं. लि. लाई रु. १०,०००:– (दश हजार रुपियाँ) जरीवाना गर्ने निर्णय गरेको गरिएको छ’ कार्यकारी निर्देशक पौडेलले विज्ञप्ति मार्फत बताएका छन् ।
यस अघि बीमा समितिबाट जारी निर्देशिका विपरित अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
नेपाल लाइफमा मनपरीको हद नाघेपछि बिमा समितिले चलायो नियामकीय डण्डा
छुटाउनु भयो की ?
फलोअप : नेपाल लाइफलाई बीमा समितिले चलाउँला त नियामकीय डण्डा ?
नेपाल लाइफमा बढ्यो असन्तुष्टि, कर्मचारी भन्छन् – जुनसुकै बेला मुख खोल्छौँ
कहीँ नभएको जात्रा नेपाल लाइफमा : कामु सीईओको वरियता २ नम्बरमा



















प्रतिक्रिया