Logo

समाचार

अर्घाखाँचीमा थप एककाे मृत्यु, काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुग्याे



अर्घाखाँची । काेभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाकाे ज्यान गएकाे छ । मालारानी  गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएकाे हाे ।

११ माघमा संक्रमण पुष्टि भएकी महिलाकाे मृत्यु भएसँगै अर्घाखाँचीमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुगेकाे छ । 

अर्घाखाँचीमा हालसम्म काेभिड संक्रमित हुनेकाे संख्या ४ हजार ८ सय ६२ पुगेकाे छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार १०:०२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।