Logo

समाचार

कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणका लागि श्रमदानको अभियान



हुम्ला । हुम्लाका ताजाकोट गाउँपालिकाको लागि निर्माण कार्य भईरहेको कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणमा श्रमदान अभियान थालिएको छ । 

नेकपा माओवादी केन्द्र हुम्लाले आम नागरिकलाई विद्युत उपभोग गराई उज्यालो दिनका लागि श्रमदान अभियान सञ्चालन गरेको जनाएको छ ।

एकै दिन १२१ केजीका पेनिष्टिक पाइप ४० थान, ९० केजीका सोही पाइप ४० थान र ९०० केजी सरिया आयोजना निर्माण स्थलमा ढुवानी कार्य सम्पन्न गरिएको सोही गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताए । 
 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ११:४०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।