Logo

अन्तर्राष्ट्रिय

सिरियामाअमेरिकी सेनाको हमलामा १३ जनाको मृत्यु



एजेन्सी । उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा बालबालिका र महिलासहित १३ जना मारिएका छन् ।

जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो ।

एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो । अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले जनाएको छ ।

अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानवअधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपीलाई बताए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १५:३३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।