Logo

खेलकुद

अफ्रिका कप अफ नेसन्स: गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा



काठमाडौं । गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराएका हुन् । 

निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए   । 

अब, उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । गय राति भएको खेलमा बुर्किना फासोलाई ३-१ अन्तरले पराजित गर्दै सेनेगल फाइनल पुगेको हो । 

फाइनल खेल इंग्लिस क्लब लिभरपुलका दुई अट्याकर साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा समेत हेरिनेछ । 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार ०७:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।