Logo

मैथिली भाषालाई विश्वव्यापी बनाउन एप ल्याइयो



एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेको छ। तराईका जिल्लामा हिन्दी भाषालाई नेपालको राष्ट्र भाषा बनाउनुपर्ने भन्दै केही मधेसवादी दलले अभियान थालेको अवस्थामा मैथली भाषा विकासका लागि यस्तो प्रयास भएको हो ।

बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन् । अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका  हुन्  । अस्टे,लियाको लाँट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहेका  उनि बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेको हो ।

मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिनेछ । अभियन्ता झा भन्नुहुन्छ, “आफू अस्टे,लियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो ।” एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ ।

अभियन्ताका आमा आरती झा अभिनव मैथिलीे भाषाको एप विकासले विश्वभरि पु¥याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताए  । अडियो, भिडियो, ग्राफिक्स र एनीमेशनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताए ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ३ : ४० बजे