काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले नेपाल ब्रुअरी बिक्री गर्ने भएका छन्। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको ब्रुअरी बिक्री गर्ने प्रारम्भिक सहमति केही दिनअघि भएको स्रोतले जनाएको छ ।
भारतीय व्यवसायी विजय माल्याले करिब ५० वर्ष अगाडि नेपाल ब्रुअरीको नाममा खुलेको यो उद्योगलाई आफुले खरिद गरी युनाइटेड ब्रुअरी नेपाल नामाकरण गरेका थिए। त्यसपछि माल्याले किङफिसर ब्रान्डको बियर समेत उत्पादन गरेर भारत निर्यात गरेका थिए।
उक्त उद्योग पछि तेजेन्द्र खड्का र भारतीय व्यापारी प्रिन्स बत्रा दुबै जनाले मिलेर सञ्चालन गर्दै आएका थिए भने पछि भट्टले उनीहरु बाटै ब्रुअरी किनेका गरेका थिए।
भट्टले किनेपछि उक्त ब्रुअरीको नाम पुन नेपाल ब्रुअरी राखियो । भवन भट्टको ब्रुअरी एकल स्वामित्वमा रहेको छ। भवन भट्टका तर्फबाट उनका काका भव भट्टले ब्रुअरी बिक्रीका लागि समन्वय गरिरहेका छन्।
ब्रुअरी खरिदरबिक्रीका लागि ३० करोड रुपैयाँमा डिल भएको कम्पनी स्रोतले जनाएको छ। ब्रुअरीलाई भारतको जयपुरका व्यापारी अभय सिंहले खरिद गरेका छन्। नेपालमा उनले ब्रुअरी र अन्य विभिन्न क्षेत्रमा पनि लगानी गरेका छन्।
दुई पक्षबीच खरिदरबिक्रीको सबै कुरा मिलिसकेको र स्वामित्व हस्तान्तरणका लागि कागजी प्रक्रिया सुरू भइसकेको छ। नवलपरासीको बर्दघाटमा रहेको डिस्टिलरीमा पनि सिंहले लगानी गरेका छन् भने यसअघि तेजेन्द्र खड्काको पालामा पनि सोही ब्रुअरीमा लगानी गरेको र पछि लफडा परेपछि उनी बाहिरिएका हुन् ।
उक्त ब्रुअरीका नाममा कामना सेवा विकास बैंकबाट १० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाको समेत गरी करिब १७ करोड रूपैयाँ ऋण रहेको स्रोतले जनाएको छ ।
भट्टले पछिल्लो समय ब्रुअरी राम्रोसँग सञ्चालन गर्न नसकेका र आफू सन्यासी बनेको भन्दै हिँडिरहेका छन्। उनी जापानमा बस्छन् तर कोरोना महामारीका कारण जापान गएका छैनन्।





















प्रतिक्रिया