Logo

समाचार

सगोत्री बचाउने कि पत्रकारिताः पत्रकार आचार्य



पत्रकार तथा लेखक भानुभक्त आचार्यले नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको विज्ञप्तिलाई व्यङ्ग गर्दै सगोत्री बचाउने कि पत्रकारिता भनेका छन् । समाजिक सञ्जाल फेसबुमा उनले यस्तो बताएका हुन् ।


आचार्यले झापाका मेडिकल व्यावसायी दुर्गा प्रसाइँले गत माघ १९ गते आयोजना गरेको पत्रकार सम्मेलन र पत्रकार सम्मेलनमा पत्रकारलाई धम्क्याइएको विषयमा पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रले निकालेको विज्ञप्तिका विषयमा उनले फेसबुकमा लेखेका छन्–झापाका मेडिकल व्यावसायी दुर्गा प्रसाइँले गत माघ १९ गते आयोजना गरेको पत्रकार सम्मेलनको खण्डन गर्दै नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला शाखाले लगभग उस्तै व्यहोराको छुट्टाछुट्टै प्रेस विज्ञप्ति सार्वजनिक गरे । खासमा झापा जिल्लाले मात्रै प्रेस विज्ञप्ति जारी गरे पुग्ने थियो । मान्छेलाई अनावश्यक भाउ किन दिनु ।


प्रसाईँले पत्रकार सम्मेलनमा समाचारको खण्डन र पत्रकारलाई नगद भुक्तानी गरेको विषयमा उनि भन्छन्– दोस्रो कुरा प्रसाइँले पत्रकार सम्मेलन मार्फत् गरेको समाचारको खण्डन चाहिँ सेतोपाटी डटकममा आउनै पथ्र्यो किनभने त्यो सेतोपाटीकै समाचारका विरुद्धमा आयोजना गरिएको थियो । महासंघको झापा शाखाले त्यसमा अलि चासो दिनुपर्ने ।


प्रसाइँले पत्रकारलाई नगद र जिन्सी नै दिएको र महासंघले खण्डन मात्रै गरेर नपुग्ने भन्दै उनी अगाडि लेख्छन्–तेस्रो कुरा, प्रसाइँले पत्रकारहरुलाई नगद जिन्सी नै बाँढेको संगीन आरोप लगाएका छन् । त्यसलाई विज्ञप्तिमा खण्डन गरे मात्रै पुग्दैन । पत्रकार महासंघ केन्द्र र प्रदेशले छानबिन समिति बनाएर प्रसाइँले दाबी गरेजस्तो प्रसाइँ र कोही पत्रकारबीच अव्यावसायिक साँठगाँठ भइरहेको छ कि छैन भनेर बुझ्नु पर्ने हो । अरुलाई आरोप लाग्दा जाँचबुझ समिति गठन गर्नु पर्ने तर पत्रकारलाई आरोप लाग्दा खण्डन गरे पुग्ने त होइन होला ।


फेसबुकमा उनले पुनः महासंघलाई व्यङ्ग्य गर्दै उनि लेख्छन्– मूल कुरा सगोत्री बचाउने कि पत्रकारिता भन्ने हो । विचार गरौँ ।

विज्ञप्ति यसप्रकार रहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १२:२०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।