Logo

स्वास्थ्य

चीनबाट पहिलो चरणमा ४ सय खाली सिलिण्डर ल्याइने



सरकारले चीनबाट ४ सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ ।उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउने निर्णय गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

सिलिन्डर ल्याउनका लागि आगामी वैशाख २७ मा नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो । २० हजारमध्ये दुई हजार सिलिन्डर जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइनेछ ।

नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क सिलिन्डर दिन थालेको हो । 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार १४:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।