भ्यालेन्टाईन्स डे को अवसरमा स्मार्टडोले ‘डोको भरि माया’ अफर ल्याएको छ ।
यस अफरमा ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
यसका साथै यस अफरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्ने ३ जना ग्राहकहरुले २५०० को स्मार्टडोको गिफ्ट कार्ड जित्ने छन् । यस्तै कम्पनीले ४ उत्कृष्ट कमेन्टलाई पनि उपहारको व्यवस्था गरेको छ ।
स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले बिहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।
स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा पाउन सक्नेछन् ।
यो अफर माघ २६ देखि फाल्गुन १ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया