Logo

समाचार

फरार रहेका ग्रिनलाइनका सञ्चालक सम्पर्कमा आए



बैंकहरुको ऋण नतिरी फरार रहेका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू अभिषेक अग्रवाल र अमित अग्रवाल काठमाडौं फर्किएका छन् । गत पुस २२ देखि सम्पर्कविहीन रहेका उनीहरु बुधबार प्रहरीको सम्पर्कमा आएको र सोही अनुसार बिहीबार काठमाडौं आइपुगेको बताइएको छ । प्रहरीका अनुसार उनीहरु करिब ३५ दिनपछि प्रहरीको सम्पर्कमा आएका हुन् ।

‘एक महिनाअघि उजुरी दर्ता गराएकी ओमप्रकाश अग्रवालकी छोरी रजनी अग्रवालले आफ्ना बुबा लगायत माइतीघर परिवार सम्पर्कमा आएको र सकुसल रहेको बताउनुभयो,’ प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले भने, ‘उहाँहरुसँग टेलिफोनमा हामीले पनि कुराकानी गर्‍यो । कुराकानीमा उहाँहरु बिहीबार काठमाडौं आइपुग्ने बताउनु भएको थियो । आज उहाँहरु काठमाडौंमै रहेको जानकारी पाएका छौं ।’ अनुसन्धानका क्रममा अग्रवाल परिवार सडकमार्ग हुँदै भारत पुगेको तथ्य प्रहरीले फेला परेको थियो । अहिले उजुरीकर्ता ९ओमप्रकाशकी छोरी रजनी अग्रवाल० आफैले आफन्त भेटिएको बताएपछि यो विषयमा प्रहरीले थप अनुसन्धान नगरेको एसएसपी सुदीप गिरीले बताए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।