Logo

बायर्न म्युनिखले डीएफएल सुपरकप फुटबलको उपाधि



 जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले डीएफएल सुपरकप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोलले पराजित गर्दै बायर्नले सुपरकपको उपाधि जितेको हो ।

बायर्नको जितका लागि कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुआ किमिचीले एक एक गोल गरे । डर्टमन्डका लागि जुलियन ब्रान्ड्ट र एर्लिङ हालान्डले एक एक गोल फर्काएका थिए ।

एलिएन्ज अरिनामा भएको खेलको १८ औं मिनेटमा टोलिसोले गोल गर्दै बार्यनलाई खेलमा अग्रता दिलाएका थिए । उनले थोमस मुलरको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका हुन् । ३२ औं मिनेटमा थोमस स्वयमले गोल गर्दै बायर्नको अग्रता दोेब्बर पारे । उनले एल्फोन्सो डेभिसको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका हुन् ।

तर, ३९ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काए । उनले हालान्डको पासका गोल गर्दै पहिलो हाफमा खेल २–१ को स्थितीमा ल्याएका थिए । ५५ औं मिनेटमा हालान्डले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले थोमस डेलानीको पासमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका हुन् । तर, खेलको ८२ औं मिनेटमा किमिचीले गोल गर्दै बायर्नलाई सुपरकपको उपाधि दिलाएका हुन् ।

गत सिजन दुई घरेलु र एक च्याम्पियन्स लिगको उपाधि जितेको बायर्नले यस सिजनको सुरुवातमै दुई उपाधि जितेको छ । गस साता मात्रै बार्यनले स्पेनिस क्लब सेभियालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  ९ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।