Logo

स्वास्थ्य

बाँकेमा ११०७ नमुना परीक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि



बाँकेमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको ११०७ नमुना परीक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये बाँकेका मात्रै २५० जना महिला र ३२१ जना पुरुष गरी ५७१ जना छन् । बाहिरी जिल्लाका १२० जना महिला र १५२ जना पुरुष गरी २७२ जना संक्रमित भएका छन् ।

भेरी अस्पतालको ल्याबमा ४२२ नमुना परीक्षण गर्दा ३५३, मेडिकल कलेज कोहलपुर ल्याबमा ४३१ नमुना परीक्षण गर्दा ३३० र बागेश्वरी ल्याबमा २५४ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।