Logo

प्रमुख समाचार

कमल थापाको प्रतिक्रिया– ‘घर फर्किएका छौँ’



काठमाडौँ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिनुभएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिएका छन् ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहनुभएका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो ।

राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष भएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताएका छन् ।

थापाले आज आइतवार विज्ञप्ति निकालेर देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको र केही समयको अलमलपछि फेरि आफूहरू आफ्नो घर फर्किएको बताएका हुन् ।

No description available.
No description available.

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १५:५७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।