नेपाल एयरलायन्सले चीनबाट चार सय अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ । चिनियाँ सहयोगमा पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर लिएर जहाज नेपाल आइपुगेको हो ।

अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० विमान चीन गएको थियो । विमानले अक्सिजन सिलिण्डरका साथै १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान लिएर फर्किएको हो ।





















प्रतिक्रिया