Logo

समाचार

डिउटीमा रहेका ट्राफिकलाई बसले ठक्कर दिँदा घाईते



काठमाडौं । कलंकीमा डिउटीमा खटिएका एक ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा घाइते भएका छन् ।

आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले ट्राफिक प्रहरी राजेन्द्र कुवरलाई ठक्कर दिएको हो ।

बसमा सवार आरआर क्याम्पसका विद्यार्थी नेता सुसिल खनालका अनुसार ठक्करबाट घाइते ट्राफिकको ठाउकोमा चोट लागेको बताए। बसले ओरभट्याक गर्ने क्रममा ट्राफिकलाई ठक्कर दिएको प्रहरीले जानकारी दिए ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ । अहिले घाइते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १३:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।