Logo

खेलकुद

रेलिगेशन जोनका चार क्लबको एकै समय प्रतिस्पर्धा



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको एघारौं चरण आजबाट सुरु हुँदैछ ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विकेन्ड लिग बताए पनि त्यसलाई पूर्ण रुप नदिँदै हप्ताभर लिगका खेल आयोजना गर्न लागेको हो । 

यसअघि लिग चरणका खेल शुक्रबार सुरु भएर सोमबार सकिने र तीन दिन विश्राम समय दिएको थियो । अब भने त्यस्तो रहेन ।

मंगलबार दुई खेल हुँदैछन् । दुई खेलका चार टोली नै हाल रेलिगेशन ब्याटलमा छन् । चारै क्लबको दाउ कम्तिमा रेलिगेशनबाट बच्नु रहनेछ । खेल दिउँसाे १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ । 

दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा छ । ५ अंक जोडेर च्यासल पुछारमा छ ।

एन्फा कम्प्लेक्समा सोही समय जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच भिडन्त हुनेछ । जावलाखेल ९ अंक सहित ११औं स्थान र फ्रेण्ड्स ६ अंकसहित १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०९:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।