Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा चौरजहारी बजारमा विस्तार



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा चौरजहारी नगरपालिका वडा नं २, रुकुम (पश्चिम) मा विस्तार गरेको छ ।

ग्रामीण र शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप बलियो बनाउन उक्त शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले बैकंको नयाँ शाखाको उद्घाटन गरेका थिए ।

बैकंले चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने बताएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकको हाल सम्म शाखा संख्या १०८ पुगेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ११:१७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।