Logo

अन्तर्राष्ट्रिय

तलब बृद्धिको माग गर्दै अस्ट्रेलियाका नर्स आन्दोलनमा



सिड्नी । स्थिर तलब र कर्मचारी अभावको विरोधमा अस्ट्रेलियाको न्यु साउद वेल्सका हजारौं नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

नर्सहरुको युनियन र स्वास्थ्यमन्त्री ब्राड हजार्डबीच सम्पन्न वार्ता विफल भएपछि नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । राज्यमा एक दशकपछि पहिलो पटक नर्सहरुले विरोध गरेका हुन् । 

ओमिक्रोन संक्रमणमा एउटा पछिल्लो बृद्धिले देशमा परीक्षा र अस्पताल प्रणालीमा दबाब परेको छ । न्यु साउद वेल्समा भएका केसहरु अस्ट्रेलियाको २५ लाख संक्रमणहरुको ठूलो हिस्सा हो । 

हजारौं नर्स र अन्य स्वास्थ्यकर्मी एनएसयूको सबैभन्दा ठूलो जनसंख्या भएको सहर सिड्नीमा मार्च गरेका थिए । उनीहरुमध्ये कतिपयले व्यक्तिग सुरक्षात्मक उपकरणहरु र नर्सका पोसाक लगाएका थिए । 

उनीहरूको मागमा नर्स र विरामीको अनुपातदेखि २दशमलब ५ प्रतिशत समावेश छ । एजेन्सी
 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १३:०९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।