सिंहदरवारमा संसदीय दलको बैठक सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
सत्ता गठबन्धनको सहमति बिना एमसीसी टेबल गर्न नहुने निर्णय गरेर प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीलाई एमसीसी अघि नबढाउन सुझाव दिनका लागि प्रचण्ड बालुवाटार पुगेको स्रोतको दावी छ । बालुवाटार स्रोतले भन्यो, ‘प्रचण्ड भर्खर आइपुग्नुभएको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सहमति नगरी जवर्जस्ती संसदमा एमसीसी टेबल गरे सरकार छाड्ने माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।
सत्ता गठबन्धनमा सहमति नभएको विषयलाई जवर्जस्ती टेबल गरे सरकारमा रहनुको औचित्य समाप्त हुने भन्दै माओवादीले सरकार छाड्ने निष्कर्ष निकालेको हो ।
सिंहदरवारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता देव गुरुङले जवर्जस्ती एमसीसी अघि बढाए माओवादीले सरकार छाड्ने निष्कर्ष निकालेको जानकारी दिए ।




















प्रतिक्रिया